बिवाह संस्कार ।

शेर्पाहरुको  विवाह सम्पन्न गर्नु पर्दा पुराउनु पर्ने परम्परागत विधिहरु यस प्रकार छन् : 

टि छयाङ । 

सोधनी गर्दा दिने सगुन केटाको तर्फबाट केटी पक्षलाई पेय पर्दाथ (क्ष्याङ् वा रक्सी) सगुनको साथमा सोधनी गर्ने थितिलाई   टि छयाङ भनिन्छ । टि छयाङ ( सोधनी ) गर्ने शुभ थिति उपयुक्त र उचित ठाउँ मिलेमा जहाँ गरे पनि हुन्छ भन्ने मान्यता छ । केटीको घरमा नै जानुपर्छ भन्ने छैन ।  केटा र केटी दुवैको  विवाह गर्न मिल्ने कि नमिल्ने भनी दुवै जनाको लोर्ता र खाम  हेर्ने चलन छ । टि छ्याङ प्रस्ताव मात्रा भएकोले टि छ्याङ खाँदैमा छोरी दिनै पर्छ भन्ने बाध्यता भने हुँदैन । 

 लोङछ्याङ  । 

लोङछ्याङ अर्थ “माग्ने सगुन” बुझिन्छ । टिक्ष्याङ् (सोधनी) गरेपछि केटि पक्षबाट केटी दिने संकेत पाएमा केटाको तर्फबाट शुभ साइत जुराएर त्यो तिथिमा छोरी माग्न आउँछौ भनी केटीको माइतमा खबर पठाईन्छ । एक पोङ रक्सी र खाता बोकेर केटी माग्न जाने चलन छ । 

 

सोलु डो । 

सोलु डोको अर्थ सर–सल्लाह गर्न वा कुरा मिलाउनु जानु हो । ल्वोङ्छयाङ बुझाए सके पश्चात् अरु विधिहरु कुन कुन दिन, तिथि मितिमा बुझाउन ल्याउँने र जन्ति कति जना आउँने आदि इत्यादि सर–सल्लाह गर्न केटाको तर्फबाट बीच बीचमा केटीको माईतमा सल्लाह गर्न जाने रिमठिमलाई सोलु डो भनिन्छ । यो समयमा पेय पदार्थहरु (रक्सी) कोसेली बोकेर जाने प्रचलन छ । यो कार्य विवाह सम्पन्न नभएसम्म पटक पटक जानु पर्ने पनि हुन्छ । 

 देमज्याङ  ।  

देमज्याङ भनेको मिलनको सगुन (engagement) भन्ने बुझिन्छ । केटीको माता पिता र नातेदार हरुलाई  एक कोले फेमार एक टीन एक पोङ रक्सी र  केटीको घरगाउलेको सङ्ख्या अनुसार खादा लैजानु पर्छ र अन्य कोसेली लगेर केटीको बाबु–आमा र आफन्तहरुसँग भेटघाट गरी केटी दिएको पक्का गर्ने थितिलाई देम  छयाङ ग्याग कु   / देम छयाङ क्येल डो भनिन्छ । देमछयाङ  बुझाई सकेपछि कुनैपनि कारणवश केटी अरुसँग गएमा वा कुरा पन्छाउने गरेमा समाजको थिति अनुसार रीत लाग्ने चलन छ । 

छ्याइ क्योल डोप । 

 छ्याइ अर्थात / छ्याइ फे जाड बनाउने अन्न पुर्‍यउने कार्य  । जन्तीलाई खुवाउन जाड बनाउनका लागि ३ मुरी कोदो ५ पाथी  मकै (यावी ) र ६० वटा फाव (मारचा) लिने चलन छ भने एक टीन एक पोङ रक्सी ,एक कोले फेमार र खाता सहित  १५ , २०  जना मानिस छ्याइ पुराउन  जाने थिती छ यसलाई छायाइ क्योल डोप भनिन्छ । वेहुलेका बुवा आमा र मान्यजनहरु सबैलाई यिटु  (श्योर्के) गरेर खातक लगाइदिने संस्कार छ। छ्याइ बुझाई सकेपछी विवाह्को लगन कहिले छ भन्ने हेरी विवाह्को दिन  निश्चित गरिन्छ । हिजो आज छ्याइ अथवा छ्याइफे स्वरुप अन्नको सट्टमा आपासी समाजदारी अनुसार पैसा नै हिसाब गरी लिने चलन बढडै गएको पाईन्छ ।

 देनछ्याङ । 

देनछ्याङ  भन्नले निमन्त्रणाको सगुन बुझिन्छ । विवाहको मिति निश्चित भैसकेपछि  बेहुलाको घरमा सरीक भई बेहुली लिन जन्ती  भई जानका लागि नातेदार, छिमेकी हरुलाई चाँदीको फुरु  भरी भरी क्ष्याङ् वा रक्सी दिएर निमन्त्रणा दिने परम्परा छ । उता बेहुली पक्षबाट पनि त्यस्तै विधिले निमन्त्रणा गर्ने चलन छ । तर अब आएर फुरुमा राक्सी दिएर निम्तो गर्नुको सट्ट निमणत्रणा-पत्र दिने प्रचलन बढ्दै गएको पाइन्छ ।

काङ्सो तोङगु । 

यसको अर्थ शुभ–विवाह कार्य बाधा रहित सफल होस् भन्ने उद्देश्यले जन्ती जाने अघिल्लो बेलुका घरको कुलदेवता र अन्य देवदेवीहरु बुझाउने काम विस्तृत रुपमा गरिन्छ र  बेहुलालाई शेर्पा परम्परा अनुसार पहिर्‍याइन्छ  र  त्यसपछी  लामुगुरु , बुबाआमा र बिहेमा परम्परागत शेर्पा गीत  गाउने र सिल्वाहरुलाई गादेन गरी खातक लगाइ  मौलिक औजारहरु  जिम्म दिईन्छ र सिपाखोलु (भावचक्र) थाङ्गालाई  सजाएर  त्यसको पुजा गरिन्छ र बुक्छाल गेलिङ आदी  बजाएर सिली नाच्दै बिहेमा गाउने परम्परागत शेर्पा गीत गाउँदै बेहुलाको छेउमा बस्छन्

 विवाह कार्यमा आवश्यक पर्ने सहयोगीहरु :  १ जना खोल्वा (लामा गुरु)। 

१  जना पारीम  माक्पी पारीम   (बेहुलाको सहयोगी )  सहयोगी भएर दुलहा सँगै बसेर छाता समाई दिने र दुलहालाई अवश्यतानुसार सहयोग गरि दिने सहयोगीलाई पारीम भनिन्छ । 

 १ जना बुक्छ्याल बजाउने 

 २ जना सिलवा  तारबार र याकको  पुच्छर हल्लाउदै बुक्छ्यालको तालमा ताल मिलाएर नृत्य गर्ने नाचलाई सिली नाच र यस्ता नृत्य गर्न जान्ने व्यक्तिलाई सिलवा भनिन्छ ।

 २ जना ग्येलिङ् बजाउन जन्ने व्यक्तिलाई ग्येलिङवा भनिन्छ । यो माथिको सबै सहयोगीहरु जन्ती सँगै बेहुली घर जानु पर्छ र गीत गएर रमाईलो गर्दै रमझमका साथ बेहुली लिएर आउनु पर्छ । 

खोर्लो साइत ।

उज्यालो हुने बेलामा वा  बिहानी भएपछी बेहुला पहिर्‍यानिन्छ र खोर्लो साइत गरिन्छ । यस् क्रम्मा लामाले धर्मिक मन्त्र  पाठ गर्दै छ्याङ सगुन साङ सेर्किम गरी साइत भएको दिशामा बेहुलीको घरतिर  मुख फर्काएर खोर्लो उठाइ राखिन्छ ।   खोर्लो साइत गर्दा परम्परागत शेर्पा गीतहरु गाउदै बुक्छ्याल गेलिङ आदी बजाउदै सिल्ली नाच्दै खोर्लो राख्ने ठाउँ सम्मा पुग्छन । खोर्लो साइत गर्दा बेहुलाको परम्परागत पोशाक तथा सम्पूर्ण समानहरु खोर्लोसगै  राखिन्छ ।  

जन्दी 

दुलहाको हातमा पुम्बा (कलश) बोकाई पारीमले छाता ओडाएर प्रस्थान गर्नु पर्दछ । घरबाट जन्ती निस्कन्दा आँगनमा दुध् वा क्ष्याङ् शुभ सगुनको रुपमा धुप  सजाएर राखेको हुन्छ । यसलाई सुज्र्याङ् वा सोज्याङ् भनिन्छ । जन्ती प्रस्थान गर्दा जन्तीमा सरिक सबैलाई चिन्न सजिलो होस् भनेर निधारमा टीका लाई दिन्छ साथै दुलाह पक्षबाट खाता लगाई दिने चलन छ । त्यसपछि जन्दी बेहुलीको घरतर्फ अगाडि बड्ने चलन छ ।

बेहुलीको घर पुग्नु अघावै बाटोमा आफन्तहरुले चिया , छ्याङ , रक्सी  सगुन र खाजाको व्यवस्था  गर्ने गर्दछन । लामाले साङ सेर्किम गरेपछी सबैलाई सगुन तथा खाजा खाइ जन्ती अघी बढ्छन । 

जन्ती जादा  बेहुलिको घर पुग्ने बेलासम्म बुक्छ्याल , गेलिङ सिल्ली नाच्ने गरिन्छ र बेहुलिको   घर पुगेपछी भने वरसम्म बेहुली पक्षकाहरुले  पनि सिल्ली नाच्दै लिन आउने र स्वागत गर्दै बुदैपक्षका मिसिएर  एकै ठाउँमा नाच्दै घरमा पुग्छन ।

 सुरछ्याङ।

बेहुली पक्षबाट  धुप बालेर जन्तीलाई स्वागत स्वरूप  सुरछ्याङ (सगुन) राखिएको हुन्छ। तीन जना महिलाहरूले हातमा चाँदीको फुरुभित्र दूध , एउटा टेबलमा छिमार बो मा पहिलोमा डो ( गहु ) दोस्रोमा छिमार र किस्तिमा खाप्से तथा पोङमा छ्याङ सगुन राखी  जन्तीको स्वागत सत्कार गरिन्छ ।यसलाई  सुरछ्याङ भनिन्छ । 

ङवोसी तोङ्गु।

छ्याङा  भित्र जन्ती बसिसकेपछि पहिला ङवोसी तोङ्गु (परिचयात्मक) कार्यक्रम हुन्छ । । दुलहीको आमा, बुबा, दाई भाउजु र अन्य नातेदारहरु आई दुलहाको आमा, बुबा र अन्य नजिकको नातेदारहरुसँग परिचय गर्ने काम हुन्छ ।  त्यसपछि  दुलहापक्षका लामा गुरु , दुलाह र बाबु आमा लगायतलाई श्योर्के गर्ने चलन  छ । 

माक्पा छ्यादेन डो / मक्पा देन्सी ,( करछ्याङ )  । 

परिचय गर्न आएका माइतीपक्ष फर्किएको केही समयपछी बेहुलाका  बाबुआमा लगायतका  मुख्य मान्छेहरु आफुहरुले ल्याएको कोसेली लिएर  मुल घरभित्र भेट्न जाने काम हुन्छ । यसबेला  पनि एक कोले फेमार एक टीन एक पोङ  रक्सी माक्पी केका ( बेहुलाको कोसेली ) लिएर मक्पा देन्सी / मक्पा छ्यादेन डो  ( दुलहा चिनाउने  कार्य )  गर्न जान्छ ।  बेहुलिका  आमाबाबु तथा मान्यजनहरुलाई राखेर मक्पी केका फेमार खाताक सहित बुवाआमको अगाडि राखिन्छ र यिटु गाउदै सम्मान गर्दै खाताक पनि चाढाइन्छ । यो कार्य माइति पक्षका बरिष्ट मान्यजन देखी क्रमश : सबैमा गरिन्छ र बाँकी रहेको कोसेली ( रक्सी ) पनि जिम्मा लगाउने  चलन छ । माइती पक्षले ठेकिमा राखेको सिल्छ्याङ ( सगुन ) बेहुलापक्षका मुख्य मान्छे लगायत सबैलाई खुवाइन्छ र बेहुलिको बुवाआमा लगायत सबैको दुबै हात क्रमश दाहिने र देब्रे हात ढोग्दै आफु बेहुला भएको परिचय व्यत्त गर्दछ ।

यो कार्य समाप्त भएपछी जन्ती आफ्नै ठाउँ ( छ्याङा ) मा गएर बस्ने गर्छन्  । भने बेहुलीको घरमा  चाँही निम्तालु आफन्तहरुबाट सराय ( यु ) उठाउने कार्यक्रम हुने गर्दछ । यसमा आफन्तबाट बेहुली तथा बाबु आमालाई खादाले स्वागत गर्दै आफ्नो इच्छा अनुसार पैसा दिइन्छ  भने दुलहीलाई कर्ता गर्ने काम पनि यस् क्रममा सम्पन्न हुन्छ । यस बेला बेहुलिको आफन्तबाट सहयोगका लागि स्वागत गर्दै छ्याङ खुवाउने र गीत गाउँने कार्य चलिरहन्छ ।  सरायु उठाउने समयमा दुलही पहीरिएर  बस्नु पर्छ र जस्ले पैसा राख्छ वा कर्ता गर्छ उसलाई  ढोग्नु पर्छ । सराय  राख्नेले आफ्नो तर्फबाट  सराय लगाए वापत हो भन्दै छ्याङ बाड्ने गर्दछन ।   कर्ता दिएको  रकम बेहुलीले नै राख्द्छ भने सराय दिएको रकमलाई भने टिपोट गरिन्छ र पछी त्यो आफन्तको घरमा विवहा हुँदा दोब्बर दिनुपर्ने चलन छ । यो बिधी केवल रकम सङकलन गर्न नभइ सराय भए पछी आफन्तहरुलाई विवाहमा  आउन अनिवार्य बिषय हुने  देखिन्छ । 

कर्त किरु । 

विवाहको शुभ अवसरमा शुभकामना स्वरुप शुभेच्छुक र आफन्तहरुबाट बेहुली र बेहुलालाई उपहार र  पैसा  दिने चलन छ । यसलाई कर्त किरु भनिन्छ ।

ग्याकुतु । 

पुर्व निर्धारित  लगन अनुसार बेहुला बेहुलिको बिचमा  सिंदुर टिका गर्ने  कार्यलाई ग्याकुतु ( टिकाटाला ) भनिन्छ ।  टिकाटालोको लागि  यता दुलहलाई पहिर्‍याएर बुज्छ्याल गेलिङ आदी बजाइ बेहुली घरमा लगिन्छ भने उता  बेहुलि पक्ष पनि लामा गुरु , बुबाआमा लगायत मान्यजनहरुको अगाडि ठेकी वा बाल्टिमा छ्याङ घिउको ज्ञान सहित राखी त्यसको ठीक अगाडि बेहुला बेहुली बस्ने ठाउँ व्यवस्था गरिएको हुन्छ । साथसाथै आब नामा क्षाऊ (दुलही पहिर्ने) काम हुन्छ ।

युङ्डुङ ।

 स्वस्तिक चिन्ह  शुभ तथा मंगल को प्रतिक मानिन्छ ।स्वास्तिक चिन्ह कोरी बेहुला दायाँपट्टिको स्वास्तिक चिन्ह माथि बस्छन् र बेहुली बाँयापटी स्वास्तिक चिह्नमाथि  बस्ने परम्परा छ । दुलही बसिसकेपछि दुलहाले ल्याएको पुम्बा दुलहीको हातमा राखी दिनु गर्छ । 

 पहिरिएर ल्याएपछि  बेहुला र बेहुलीलाई पुजा मण्डपको अगाडि स्वास्तिक चिन्हले सजाएको आसनमा बासाइन्छ । 

ग्याकुतुको बेला दुलाहतर्फबाट लामा वा एक जना मोला गर्न जान्नेलाई खाता दिएर  मोला  गर्ने अनुरोध गरिन्छ ।

खादा पहिला दुलहीका बाबुआमालाई संयुत्त रुपमा लगाइ दिएपछी दुलहा दुलहीलाई लगाइन्छ । त्यसपछी दुलहीपट्टिको लामा वा मोला जान्नेले मोला सुनाउछ । 

मोला

बिवाह समारोहमा गरिने मोलाको अर्थ पवित्र विवाहशुत्रमा बादिन गइ रहेको जोडी एक आपासमा चेली माइती स्वागेभाइ वा हाडनाता पर्दैन भनी एकअर्कालाई सुम्पेको घोषाणा गर्नु हो । दुलाह र दुलही दुवैको बंसावली, तीनपुस्ते नाम थर र ठेगाना  समेत खुलाई  यिनी हरु कुटुम्बा पर्छ आज देखी शिरको कपाल देखी खुट्टाको नङ सम्म सुम्पेको छौ भनेर सुनाइन्छन । 

साथै दुवै जनालाई शिरमा नौनी घिउको टीका लगाउँदै आशीर्वाद दिइन्छ । दुलह र  दुलहीलाई फुरुमा प्रशाद स्वारुप छ्याङ राखी खुवाइन्छ र लामाको बाहुलिबाट शुद्व नौनी घिउको टिका लगाइ टाशी मोलाम गर्दै शिरमा ३  ठाउमा लगाइदिन्छ  ।

त्यसपछी बेहुलाले सिन्दुर छेसी गरेर तीन पटक बेहुलिको शिरमा लगाइ शिर जुदाउने परम्परा छ ।

शिर जुदाउने ब्याक्त्तीको बाबुआमा दुबै जना भएको हुनु पर्ने भन्ने पनि छ । 

माइती पक्षले ठेकिमा राखेको सिन्छ्याङ ( सगुन ) बेहुलापक्षका मुख्य मान्छे लगायत सबैलाई खुवाइन्छ र बेहुलाले बेहुलीको बुवाआमा लगायत मान्यजन सबैको दुबैहात क्रमश दहिने र देब्रे दुई हात लीइ ढोग्ने परम्परा छ यो कार्य समप्त भएपछी जन्तीहरु आफ्नै ठाउँ ( छ्याङा ) मा गएर बस्छन । 

खोर्लो साइत ।

छ्याङगामा लामाले  साइत हेरी उज्यालो हुने बेलामा वा  बिहानी भएपछी सेर्किम ( छ्याङ सगुन ) मागेर पूजा विधी पुरा गरेर बेहुला पहिर्‍याएर खोर्लोको साइत गरी बाहिर नेकाली जन्ती फर्किएर  जानेतर्फ फर्काएर खोर्लो राखिन्छ । यस् बेला बुक्छ्याल , गेलिङ आदी बजाइ सिल्ली नाच शाहीत जिमेवार मान्छे तथा जन्ती खोर्लो राख्ने ठाउँ सम्मा आउछन । तरबार , चमर , बेहुलाको पोशाक बुक्छ्याल सबै सामाग्री खोर्लोसँगै  बेहुलाको  छाता ओडाएर राकिन्छ र छ्याङामा फर्कन्छन । बेहुली लिएर जाँदाको समय नराम्रो साइत पनि पर्न सक्ने भएको हुँदा भरसक नराम्रो साइत नपरोस् भनि त्यसरी खोर्लोलाई साइत गरी राखिएको हो । यो प्रय बास बस्ने विबाहमा गरिन्छ । 

डेन । 

छिमेकीहरुद्वारा विवाहमा आएका जन्तीहरु निमन्त्रणा गरी सामूहिक वा व्यक्तिगतरुपमा खान र जलपान गराउने चलनलाई डेन भनिन्छ । यस क्रममा पनि यिटु गीतद्वारा लामा देखी दुलहा दुलही र बाबुआमालाई स्वागत सत्कार गरिन्छ । 

नाम लोङगु  । 

छ्याङामा जन्तीहरुले दुलहालाई पहिर्‍याइ आसन गराय पछी जन्तीहरुले मुल घरको ढोकामा नामा लोङगु लु (बेहुली  माग्ने अनुरोध) गीत गाउन शुरु गरिन्छ भने  बुक्छाल गेलिङ आदी  बजाउदै  सिली नाच्दै शिल्वाहरु  रमाइलो गर्दै बेहुली माग्ने सस्कार छ । केही समयको गीत र नाच पश्चात दुलही पहिरेर अघीअघी तामाको झ्यागा भित्र गाग्री र अंखौरा  आदिका साथ छ्याङामा ल्याइन्छ र दुलहासँग बसाइन्छ ।

लामाले पूजा मन्त्र जप गरेपछी टिकाटालो गरिन्छ । जन्ती पक्षकाले दुलहीका बुवाआमालाई यिटु गर्द्छन र  दुलही अघी अघी र दुलहा पछी- पछी हिड्दै दुलहिका  बुवाआमा लगायतका मान्यजनलाई विदाइको ढोग गर्छन् ।त्यसपछि गीत गउँदै बुक्छालको तालमा सिली नच्दै दुलही लिएर जन्ती फर्किन्छ । फर्किन्दा  बेहुलाले बोकेको बुम्पा बेहुलीले  बोक्नुपर्छ र बाटमा तर्नुपर्ने प्रतेक खोलाबाट अलीकती पानी उठाएर बुम्पामा हाल्नु पर्छ ।  

 

फिथेन ज्योग्गु / जन्ती फि । 

बेहुलीको घरबाट जन्ती जान लाग्दा बेहुला पक्षको  २ , ३  जना मानिसलाई घरभित्र लगेर टन्न  रक्सी  ,फेमार खुवाइ  यिटु गरी खातक लगाइ  पठाउने चलन । मुल घरको सह नजाओस् भन्ने हेतुले गरिने यस्ता चलनलाई फिथेन ज्याग्गु (अग्रभाग) झिकेर राख्ने भनिन्छ ।

आमी क्येका 

बेहुली लिएर जाँदा  जन्ती जाने बाटो अथवा  गेटमा  आमाले सजाएको पोङ्मा क्ष्याङ् राखेर छोरी (बेहुली)लाई बिदाई गरी पठाउँने चलन छ । यसलाई आमी क्येका (आमा)को कोसेली पनि भनिन्छ । यहाँ जन्तीमा सरिक सबै जनालाई खाता लगाई बिदाई गरिन्छ ।

दुलही लिएर जन्ती दुलहाको घरमा पुग्दा घरको आँगनमा सुरछ्याङ /  सोक्ष्याङ् सजाएर राखेको हुन्छ । लामागुरुले सुरछ्याङ छेसी गरेर प्रसाद स्वरुप ग्रहण गर्दछ र सबैलाई खुवाइन्छ ।

। त्यसपछी झ्याम्टा बजाउदै सिल्ली नाच्दै बेहुलीको हातमा  दुध दुने बल्टिन  बोकी  तीन पटक घर प्रिक्रमा गरेर दुलही भित्रयाउने परम्परा छ ।  दुलहको घरमा  फेरी एकपटक अन्तिम टिकाटाला गरिन्छ । 

घरमा निम्तो मान्न आएका आफन्तहरुबाट युलोङ्कु ( सराय )उठाउने कार्य सुरु हुन्छ यस्का लागि एउटा थालमा  केही चामल पैसा र खादा राखी थापिन्छ र लर्के उठाउन गीत गाउँन सिपालु २ जना जती व्यतीलाई छ्याङ याङ्जी ( स्वागत ) गरी खादा लगाइ दिएर  अनुरोध गरिन्छ । त्यसरी गीत गाउन छानिएका व्यक्तिलाई मिम भनिन्छ । ठुलो ठेकी वा बाल्टिमा छ्याङ राखी बाल्टीको मुखमा नौनी घ्यूको टिका राखिन्छ ।  सराय लामाबाट सुरु गरी मन्यजन तथा निम्तालु सबैमा क्रमश उठाउछन । मिमहरुले गीत गाएर पालो आएकाहरुलाई  सम्बोधन गर्दै मिठो छ्याङ खुवाइन्छ । सराय  राख्नेले आफ्नो तर्फबाट  सराय   लगाए वापत हो भन्दै छ्याङ बाड्ने गर्दछ । सराय प्राप्त भए पछी  ज्युङङो ज्युङङो ,  यारच्याङला यारच्याङला , यारच्याङ युयी रिला  युयी मेसो बारसोङ यारच्याङला यारच्याङला  भन्दै नाच्ने गर्छन्  ।

स्यालाक्पा  ।

यता दुलहीले माइतबाट कोसेली स्वरुप ल्याएको कोसेली फेमार , छ्याङ वा  रक्सी आदी लाई स्यालाक्पा भनिन्छ । 

बेहुला बेहुलीलाई भित्र लागेर लामा गुरुद्वरा घर परिवारलाई आशीर्वाद दिने कार्यक्रम टाशि काम हुन्छ  । टाशि काम  सकेपछि बेहुला बेहुली  सँगै राखेर एउटै थालमा खाना खुवाउने परम्परा पनि छ । 

 अन्त्यमा विबाह कार्यमा विभिन्न जिम्मेवारी नोर्बाह गरिएका सबैलाई सहयोगका लागि धन्यवाद भन्दै यिटु गरेर रक्सी खुवाइन्छ र खादा लगाइदिएर विदाई गर्ने गरिन्छ  । 

टशि सोल्लु 

दुलहा दुलही र दुलहाको माता पिता एकै ठाउँमा राखेर आशीष दिई विवाह सम्पन्नको प्रतिक टशि सोलु गरिन्छ ।

कर्मल्वाकु / कर्म लोग्डो  । 

बेहुली भित्रयाको तीन दिनपछी बेहुली  र  बेहुला सहित माइत फर्किने कार्यलाई कर्मल्वाकु  ( दुरान फिर्नु ) भनिन्छ ।कर्माल्वाकुको अवसरमा पनि बेहुलाको घरबाट एक कोले फेमार , एक टिन  एक पोङ रक्सी , ५ पाथी जती चामल र खाताक लिएर जानु पर्दछ । माइता पुगेपछी पुन: माइतिका  आफन्त र गाउले जम्मा भइ कर्मल्वाकुको कोसेली खुवाइ बेहुलिको बुवाआमा गाउले सबैलाई यिटु  गरी खातक लगाइ हात लिएर शिरमा  राखी ढोग्ने परम्परा छ । 

  त्यसपछि दुलहा र दुलहीलाई दुलहीको माइतमै छाडेर आरु फर्किने चलन छ । दुलहाको माता पिताले  पारिमलाई  यिटु  गरी खाता लागाएर स-धन्याबदका साथ विदाई गरिन्छ । यस् क्षेत्रको  शेर्पाको परम्परागत  विवाह औपचारिकरुपमा सम्पन्न भएको मानिन्छ । 

लोरु तोङ्गु/चि तोङगु 

सीधा अर्थ लगाउदा हिसाब दिएर पठाउनु भन्ने बुज्न आउछ । विवाह सम्पन्न भएको १/२ बर्ष अथवा एउटा दुईटासम्म सन्तान भई सकेपछि माइती पक्षबाट छोरीले धन सम्पतिको रुपमा (दाइजाे) दिएर पठाउने प्रथा छ । यसलाई लाग तोङ्गु (हात छोड्नु) र चि तोङगु (हिसाब दिनु) पनि भन्ने गर्छन् । दाइजो नदिएसम्म अथवा लाग तोङगु नगरेसम्म छोरीको हात माइतीले नै समाइ राखेको वा छोरी माइती पक्षकै हुने परम्परा रहँदै आएकोमा समय सापेक्ष यो प्रथा मान्नै पर्ने मान्यता भने हठ्दै गएकोछ । 

शेर्पा समाजमा मोला परम्पराले निकै ठुलो महत्व राख्दछ । सामाजिक र धार्मिक कार्यहरुमा त्यस कार्यको विबरण र लागत त्यस समारोहमा उपस्थित सबैले थाहा पाउने गरि सुनाउने चलनलाई मोला तोङ्गु भनिन्छ । विवाह, मरन (मृत्यू) र अरु सामाजिक र धार्मिक कार्यहरुमा फरक फरक तरिकाले मोला गर्ने परम्परा छ ।

Leave a comment

Design a site like this with WordPress.com
Get started